free website hit counter

देवः विकासले थप्यो दुई नयाँ शाखा

beemaadmin
२०७६ माघ १०, शुक्रबार

काठमाडौं । देशका दूरदराजमा पनि शाखा सञ्जाल विस्तारको अभियानमा रहेको देवः विकास बैंक लिमिटेडले दुई नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले खजुरा गाउँपालिका रिमझिम बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । त्यहाँ सञ्चालित रिमझिम शाखा कार्यालयको बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथि बज्र गुरुङबाट उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङले गुणस्तरिय सेवा विस्तारमा जोड दिँदै बैंकलाई कुमारी बैंकसँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताएका थिए ।

यसैगरी, घोराही उप महानगरपालिकाको हस्पिटल रोडमा संचालनमा ल्याएको नयाँ शाखा कार्यालयको उद्घाटन गर्दै घोराही उप महानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले घोराही नगर क्षेत्रको बढ्दो आर्थिक गतिविधि, शहरीकरण र ग्राहकको माग बमोजिम एउटै बजार क्षेत्र भित्र दुई वटा शाखा संचालन गरेर आर्थिक गतिविधिलाई सहज बनाइ दिएको र बैंकले वित्तीय साक्षरता तथा पहँुचमा बृिद्ध हुने कार्यमा समेत जोड दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत बिजयबहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार