free website hit counter

दोस्रो विवाह गरेर ५ वर्षसम्म बाहिर राखेपछि श्रीमतीको हत्या

beemaadmin
२०८१ भाद्र १४, शुक्रबार

हेटौडा । तीन दिनअगाडि भदौ १० गते हेटौँडा उपमहानगरपालिका १० स्थित रत्ना होटलमा मृत भेटिएकी २३ वर्षीय एलिशा न्यौपानेलाई उनकै श्रीमानले हत्या गरेको खुलेको छ । एलिशाका श्रीमान समिर खान (एलिशाका आफन्तले भनेको नाम) फरार छन् । भदौ ९ गते समिरले एलिशालाई आफ्नो घरमा बोलाएका थिए । सोही राति होटलमा लगेर हत्या गरी फरार बनेको प्रहरी अनुसन्धानबाट देखिएको हो । होटलको सीसीटीभी फुटेजमा समिर र एलिशा एकसाथ होटलमा प्रवेश गरेको तर रात ९ बजे समिर एक्लै निस्किएको देखिएको छ । समिरले वियरको बोटलले हानेर हत्या गरेका थिए । अर्को बलियो सबुत भनेको समिरले एलिशाका भाइलाई पठाएको म्यासेज हो । जुन म्यासेजमा उनले आफ्नो हातबाट एलिशाको मृत्यु भएको र आफू सजाय भोग्न तयार रहेको बताएका छन् । दुईजनाको झगडाका क्रममा हानाहान भएको र अञ्जानमा एलिशाको ज्यान गएको उनको दावी छ । यो म्यासेज उनले केहीबेरमा अनसेन्ड गरेका थिए ।

समिरले लेखेको म्यासेज

बस अन्जानमा ज्यान गयो गल्तीले हात हालाहाल गर्दा । म यो कुराले पागल भइसकेँ । मलाई त्यो टाइम झलझल आँखामा आइराखेको छ । पहिले राम्रो कुरा भाको थ्यो । पछि पहिलेको कुरा निस्केर डिस्कस भयो । मुख छाडाछाड अनि दुवै जनाले हात हालाहाल भयो । उसले नि हान्यो मैले नि हानेँ । अनि हान्दा खेर ज्यान गयो । मैले कति उठाउन खोजेँ । तर ज्यान गइसकेको रहेछ । आइएम सरी भाइ । जे भए पनि मेरो हातबाट त गाको छ नि १ मैले कहिले माफ पाउँदिन आफैंबाट । म आफैं चौकी पनि आउँदैछु । जे(जे सजाय भोग्नुपर्छ म भोग्छु । त्यो राम्रो वा नराम्रो जे थ्यो मेरो हातबाट त पाप भयो नि १ म हेटौंडा आइराछु । पहिल्यै विवाहित समिरले एलिशासँग दोस्रो विवाह गरेर बाहिरै राखेका थिए ।
पाँच वर्षअघि उनीहरूले भागी विवाह गरेको आफुहरुले थाहा पाएको एलिशाका फुपाजु गणेशबहादुर खत्रीले बताए । सानैमा एलिशाकी आमाले दोस्रो विवाह गरेकी र बुबाको पनि कुलतको कारण मृत्यु भएकोले आफुले नै हुर्काएर पढाएको उनले जानकारी दिए । बिहेपछि भने खासै सम्पर्क थिएन, उनले भने, एक दुई वर्षसम्म घरमा आउजाउ रहे पनि विगत ३ वर्षयता नियमित सम्पर्क टुटेको थियो । खत्रीका अनुसार आक्कलझुक्कल फोनमा कुरा हुँदा एलिशाले कहिले काठमाडौंमा त कहिले पोखरामा होटल खोलेर बसेको बताउने गर्थिन् । एलिशाले श्रीमानको अर्की पत्नी रहेको पछि मात्रै थाहा पाएको पनि उनको भनाइ छ । त्यसपछि उनीहरुको सम्वन्धमा दरार आएको थियो । खानले पहिले नै विवाह गरेका रहेछन्, यो कुरा छोरीलाई पछि थाहा भएछ र उनीहरुबीच खटपट सुरु भयो, खत्रीले भने । हत्या भएको दिन एलिशा र समिरको परिवारबीच ठूलो झगडा भएको प्रमाण प्राप्त भएको छ । प्राप्त भ्वाइस रेर्कड र भिडिओ रेर्कडमा उनलाई घरका आफन्तले नै मार्ने धम्की दिएका छन् । त्यसै राति होटलमा हत्या भएको थियो । प्राप्त रेकर्डमा एलिशाले मेरो कहाँ को छन् र जाउँ ? भन्दा एक महिलाले जहाँबाट उठाएर ल्याएको हो, त्यहीँ लगेर मारिदिनू, भनेकी छन् । केही समयअघि वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेकी एलिशालाई प्रेमीले नेपाल ल्याएको उनको आफन्तहरूले जनाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार