free website hit counter

दोहोरो अंकले बढ्यो शेयर बजार

beemaadmin
२०८० आश्विन ९, मंगलवार

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। बजार आज १८.४५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२२.९१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.५६ अंकले बढेर ३८६.२४ को विन्दुमा पुगेको छ। कारोबार पनि हिजोको तुलनामा बढेर २ अर्ब रुपैयाँ माथिको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक ३.०९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.४४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१६ प्रतिशत, विकास बैंक समूहमा ०.५१ प्रतिशत, लगानी समूहमा १.११ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५६ प्रतिशत, अन्य समूहमा ०.८५ प्रतिशत र व्यापार समूहमा ०.०१ अंकको बढोत्तरी भएको छ। आज होटेल तथा पर्यटन समूह ०.१८ प्रतिशतले ओरालो लागेको छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार