free website hit counter

धितोपत्र बोर्डको लागि को को छानिए ?

beemaadmin
२०७६ पुष १६, बुधबार

काठमाडौं । असोज महिनादेखि खाली रहेको धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिश भएको छ । अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले मंसिर ६ गते सार्वजनिक सूचना प्रकाशित गरी आदेदन माग गरेको थियै । सो पदको लागि ८ जनाको आवेदन दिएका थिए । अर्थमन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

समितिले नेपाल धितोपत्र बोर्डको भावी अध्यक्षका लागि तीन जनाको नाम छनोट गरेको हो । पाँच जनामध्येबाट तीन जनाको नाम अन्तिम छनोटका लागि सिफारिश गरिएको हो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल नेतृत्वमा रहेको समितिले अन्तरवार्ताबाट भीष्मराज ढुंगाना, निरज गिरी र केशव श्रेष्ठ अघिल्लो चरणमा प्रवेश गरेका हुन् भने सिताराम थपलिया र नवराज अधिकारी मैदानबाट बाहिरिएका छन् । सिफारिश भएकामध्ये मध्येबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको भावी अध्यक्ष चयन गर्नेछ ।

अन्तरवार्ता मार्फत् छनोट भएका भीष्मराज ढुंगाना बोर्ड सञ्चालक समितिका सदस्य हुन् भने निरज गिरी बोर्ड बोर्डका कार्यकारी निर्देशक रहेका छन् । ढुंगाना केही महिना अघि बोर्डको विज्ञ सदस्यका रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाले मनोनयन गरिएका व्यक्ति हुन् भने ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश पाएका कर्मचारी हुन् । राजनीतिक आडभरोसा बिना कुनै पनि नियुक्तिमा योग्यता नपुग्ने गरेको वर्तमान परिप्रेक्ष्यमा ढुंगानालाई अर्थमन्त्रीकै साथ रहेको चर्चा गरिन थालेको छ । त्यसैले पनि ढुंगानालाई भावी अध्यक्षको रुपमा चर्चा गर्न थालिएको हो ।

 

सम्बन्धित समाचार