free website hit counter

धीरेन्द्रको घर ढालेर धमाधम

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

यो एउटा त्यस्तो भव्य महलको डिजाइन हो, नेपालभरि यही शैलीका कुनै घर आजसम्म बनेका छैनन् । अत्याधुनिक विदेशी शहरको झल्को दिने यो ठाउँ हो, ०५८ को दरबार हत्याकाण्डमा दिवंगत अधिराजकुमार धीरेन्द्र शाहको बासस्थान रहेको जीवन कुञ्ज । दिवंगत पूर्वराजपरिवारको नाममा रहेका अधिकांश जायजेथा सरकारिकरण गर्दै नेपाल ट्रष्टको स्वामित्वमा ल्याइएको छ । यो जीवनकुञ्जमात्र हो, जसलाई ट्रष्टले चलाएन । चलाउने कानुनी आधार पनि पाएन । ०६५ सालदेखि यसको बिक्री, बैनाका कथा चल्दै रहे । तर, कहिले भाउ नमिल्ने, कहिले बैना गर्ने मान्छे बेपत्ता हुने कारण भोगचलनमै समस्या आइरहेको थियो ।

०६९ सालमा टुंगो लाग्यो– यो जमिनलाई ३५ वर्षका लागि भाडामा लगाउने । कुनै बेला वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई कोरिया पठाउने एकमात्र ओभरसिज कम्पनी मुनड्रप्सका सञ्चालक पुकार राणाहरूले अहिले ३५ रोपनी क्षेत्रफलमा रहेको जीवनकुञ्जलाई भत्काएर १९ तलाको होटल बनाइरहेका छन् । अघिल्तिरको कम्पाउण्डमा नेपालकै सबभन्दा ठूलो सपिङ सेन्टर बन्दैछ । पार्किङचाहिँ अण्डरग्राउण्डमा । त्यहाँ हजारभन्दा बढी चारपांग्रे र त्यही अनुपातमा दुई पांग्रे साधन अट्ने गरी पार्किङस्थल बन्दैछ । यसका लागि उनीहरूले पाँच वर्षअघि नै काठमाडौं महानगरपालिकाबाट नक्शा पास गराइसकेका छन् । अहिले काम धमाधम अगाडि बढिरहेको छ । त्यहाँबाट आउने भाडा धीरेन्द्रका तीन सन्तानले दामासाहीमा बाँड्ने सहमति भएको छ ।

त्यसबाहेक धीरेन्द्रकै स्वामित्वमा रहेको धुम्बाराहीस्थित क्लब कुण्डलिनीमा सञ्चालित प्याथोलोजी ज्वाइँ डा. राजीव शाहीले र त्यहीं सञ्चालित सासा व्याङ्क्वेट (पार्टी प्यालेस) अर्का ज्वाइँ आदर्श राणाले हेर्ने गरेका छन् । आम्दानीचाहिँ तीन छोरीले बराबर बाँड्छन् । सासा व्याङ्क्वेट टेकुमा पनि छ, प्रहरी परिसरभित्रै । त्यो पनि आदर्शले नै हेर्छन् ।

यो आम्दानीबाट तीनै दिदीबहिनीले पूर्वयुवराज पारसको खर्च पनि बेलाबेलामा चलाइदिने गरेका छन् । पारस विशालनगरबाट चण्डोलतिर जाने एउटा हाउजिङमा फ्ल्याट लिएर बस्छन् । उनीसँग डा. राजीव शाहीले भेटिरहन्छन् । पतिको वियोगपछि एक्लिएकी धीरेन्द्रपुत्री शिताष्माले यही आम्दानीमध्येको महिनावारी ५० हजार रूपैयाँ सासू आशा सिंहलाई दिने गरेकी छन् ।

(जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार