free website hit counter

नबिल बैंकको लाभांश घोषणा सबैभन्दा बढी

beemaadmin
२०७७ पुष ७, मंगलवार

काठमाडौं । नबिल बैंकले वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यो वर्ष सेयरधनीहरुलाई ३५।२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांशमध्ये ३३।५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १।७६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैंया छ । प्रस्तवित लाभांश वितरण गर्दा बैंकल कुल ३ अर्र्ब ५३ करोड रुपैयाँ बराबरको लाभांश दिनेछ । यो लाभांशपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ । यो लाभांश वाणिज्य बैंकहरुमध्येकै धेरै हो । हालसम्म लाभांश घोषणा गरेका २४ वाणिज्य बैंकले बढीमा २० प्रतिशत लाभांश दिएका छन् ।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार