free website hit counter

नबिल बैंकद्वारा ३४ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं । गत आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट नबिल बैंकले शेयरधनीलाई ३४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १७ गते सम्पन्न ५२२औं बैठकले प्रतिशत १२ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीलाई वितरण गर्न मिल्नेछ । हाल ९ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पूँजी पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत नै लाभांश वितरण गरेको थियो। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो भने ३ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार