काठमाडौँ । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि जितेको छ। बैंकले साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल र नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड प्राप्त गरेको हो। बैंकले जारी गरेको विज्ञप्तिअनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाहरूप्रतिको प्रतिबद्धताका कारण यी अवार्डहरू प्राप्त भएका हुन्। नबिल बैंकले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका लागि साइबर सेक्युरिटी इनोभेसन अवार्ड प्राप्त गरेको हो। यसैगरी, देशका महत्त्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेकोले बैंकलाई नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयरको उपाधि दिइएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यी अवार्डहरू सम्पूर्ण टिमको परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको परिणाम भएको बताएका छन्। उनले ग्राहक, साझेदार र सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै भविष्यमा पनि सुरक्षित र स्मार्ट बैंकिङ सेवामार्फत नेपाली बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।