काठमाडौँ । सबै क्षेत्रमा बैकिङ पहुँच पुर्याउने अभियानमा रहेको नबिल बैंकले देशभर शाखा सञ्जाल विस्तार अभियानलाई तिव्रता दिएको छ । सन् १९८४ देखि नेपालमा बैंकिङ कारोबार गर्दै आएको बैंकको कूल १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत वित्तीय कारोबार गर्दै आएको थियो ।
देशको अग्रणी बैकिङ संस्था नबिल बैंक लिमिटेडले देशका विभिन्न स्थानमा २३ वटा नयाँ शाखाको उद्घाटन गरेको छ ।
बैंकले प्रदेश १ अन्तर्गत इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा शाखा कार्यालय थपिएको छ । यसैगरी, प्रदेश २ अन्तर्गत मिर्चैया, गोलबजार, सिराहा र चन्द्रपुरमा शाखा बिस्तार गरेको छ । त्यसैगरी बागमति प्रदेशअन्तर्गत राजधानीको कमलबिनायक, हात्तिगौडा, कपन, धादिङको गजुरी, काभ्रेको बनेपा र पनौती र चितवनको पर्सामा नयाँ शाखाहरु सुरुवात भएका छन् । उता, गण्डकी प्रदेशअन्तर्गत गैडाकोट, दलदले र कावसोतीमा शाखा उद्घाटन गरी सेवा शुरु गरिसकेको छ । बैंकले प्रदेश ५ अन्तर्गत चन्द्रौटा, बर्दाघाट र मणिग्राम शाखा सञ्जाल बिस्तार गरेको छ ।