free website hit counter

नबिल बैंकले १५.८० प्रतिशत लाभांश प्रस्ताव गर्‍यो

beemaadmin
२०८३ भाद्र २२, सोमबार

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ।

यस्तै, बैंकले अग्राधिकार शेयरतर्फ ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार