free website hit counter

नयाँ रेकर्ड बनाएको सुनको मूल्य एकैदिन तोलामा दुई हजार चार सय रूपैयाँले घट्यो

beemaadmin
२०८० मंसिर १९, मंगलवार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला आठ सय रुपैयाँ बढेर नयाँ ऐतिहासिक मूल्य कायम गरेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार