free website hit counter

नर्भिक अस्पतालले कानको शल्यक्रियामा ५० प्रतिशत छुट दिने

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं । संस्थागत सामाजिक उत्तदायित्वका कार्यक्रमहरु बेला बेलामा सञ्चालन गर्दै आइरहेको नर्भिक अस्पतालको कानको शल्यक्रियामा ५० प्रतिशत छुट  दिने भएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा कानको अवसरमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

यस्तै, अस्पतालले  फागुन २० र २१ गते १० बजेदेखि साँझ ५ बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने पनि जनाएको  छ । निशुल्क सेवा प्राप्त गर्नका लागि ग्राहकहरुले अग्रिम नाम दर्ता गराउनुपर्ने छ । उक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भुषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहने अस्पतालले जानकारी दिएको छ ।

दुवै दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा निःशुल्क हुनेछ भने श्रवण यन्त्र परीक्षणसमेत निःशुल्क गरिने अस्पतालले जानकारी दिएको छ ।  कान सम्बन्धि शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रिया शुल्कमा र शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमा पनि ५० प्रतिशत छुट गरिने र साथै श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा २५ प्रतिशत छुटसहितको दरमा प्राप्त हुने अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार