free website hit counter

नव नियुक्त अध्यक्ष कार्कीले सम्हाले कार्यभार

beemaadmin
२०७६ भाद्र १७, मंगलवार

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष भरतबहादुर कार्कीले कार्यभार सम्हाल्नुभएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हाल्नुभउको हो । इन्स्योरेन्स सञ्चालक समितिको भाद्र ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । युनाईटेडको मुख्य लगानीकर्ता एनई ग्रुपको तर्फबाट यसअघि अध्यक्ष रहेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि रिक्त स्थानमा कार्कीलाई सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो।
उनीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ। उनले नेपाल बैंक र नेपाल इन्स्योरेन्समा अध्यक्ष तथा कृषि विकास बैंकमा सीईओ भएर कार्य गरिसकेका छन्। उनले विश्व बैंकका धेरै परियोजनामा कन्सल्टेन्टको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार