free website hit counter

नागरिक लगानी कोषको नाफा बढ्यो

beemaadmin
२०७९ कार्तिक ३०, बुधबार

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.९९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानीसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ७३.४१ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १७.९५ प्रतिशत बढेको छ भने कुल खर्च १७.८० प्रतिशत बढेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ भने शेयर प्रिमियम ७७.५६ प्रतिशत घटेर २८ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २३ पैसा घटेर २१ रुपैयाँ ९० पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७३ गुणा रहेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार