free website hit counter

नागरिक लगानी कोषले पूँजीबजारमा लगानी बढाउने

beemaadmin
२०७६ माघ १४, मंगलवार

काठमाडौं । नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयक माथिको दफावार छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले पूँजीबजारमा लगानी बढाउने बताएका छन् । अर्थ समितिमा
छलफलको क्रममा उनले कोषले पूँजीबजारमा लगानी बढाउने जानकारी गराएका हुन् ।

मन्त्री खतिवडाले पूँजी बजारमा लगानी बढाउन कोषले सहायक कम्पनी खोल्ने जानकारी गराउँदै लगानी कोष मुद्राबजारको नभई पूँजी बजारको संस्था भएको बताए । त्यसैले कोषले पूँजीबजारमा लगानी बढाउनु पर्नेमा उनले जोड दिए ।

सहायक कम्पनी मार्फत कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्ने र यसको लागि कोषको तीन अर्ब पूँजी पर्याप्त रहेको अर्थमन्त्री खतिवडाको भनाई छ । यस्तै कोषमा सर्वसाधारणको स्वामित्वलाई आवश्यकता आधारमा बढाउन सकिने समेत उनले जानकारी गराए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार