free website hit counter

नाफा बढाउँदै शिखर इन्स्योरेन्स

beemaadmin
२०७६ मंसिर १, आईतवार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १४.८५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० करोड ५७ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले ४५ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले ३ लाख ५६ हजार रुपैयाँले बढी हो। गत वर्ष ४५ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्बीमा कमिशनबाट १२ करोड ८७ लाख रुपैंया, लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ।
चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५१ करोड ७७ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिमा इन्स्योरेन्सले ९४ हजार ७०५ वटा बीमालेख जारी गरी ९२ करोड ६ लाख ३१ हजार रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १६ हजार ८३८ वटा बीमालेख नवीकरण गरेको छ।  इन्स्योरेन्सले यस अवधिमा ३ हजार ५९० दाबी वापत ४१ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेको छ। भने ४ हजार २९७ दाबी वापत ८९ करोड ८१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार