free website hit counter

नारी दिवसमा सांग्रिलाको उपहार नारी बचत खाता

beemaadmin
२०७७ फाल्गुन २४, सोमबार

काठमाण्डौ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सांग्रिला डेभलमेन्ट बैंकले आफ्ना ग्राहकको हितलाई ध्यानमा राखेर नारी बचत खाताको सुरुआत गरेको छ। यो विशेषगरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नका लागि प्रदान गरिएको सुविधा रहेको बैंकले जनाएको छ।

यो खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्थाका साथै मोबाइल बैंकिङ तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षका लागि निःशुल्क गरिएको बैंकले जनाएको छ। यो सेवाअन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने पनि बैंकले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

सुन–चाँदी दुवैको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार

रिज लाईन इनर्जीको आईपीओ बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार