कर्णाली । कोरोना बीमको आकर्षण बढ्दो छ । रु. ६ सयमा एक लाखको कोरोना जोखिम बहन हुने भएपछि यसको आकर्षण बढेको हो । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ ।
सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए ।
विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड–१९ बीमा गरेका छौँ, प्रधानाध्यापक खड्काले भने, यसले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ ।