free website hit counter

निफ्रा तेश्रो वर्षमा प्रवेश

beemaadmin
२०७७ फाल्गुन २२, शनिबार

कठमाडौं । नेपालको इतिहासमै ठूलो आइपीओ जारी गर्दै कसैको हात खाली नगरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) स्थापनाको तेश्रो वर्षमा प्रवेश भएको छ । सो अवसरमा बैंकले नेपाल स्नेही काखलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल स्नेही काखलाई उक्त सहयोग गरेको हो ।

Advertisement
Advertisement

उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेललाई हस्तान्तरण गरेका हुन् । बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।

Advertisement
Advertisement

मानसिक एवं शारिरिक रुपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवा युवती, बृद्धबृद्धा लगायतलाई शिक्षा, स्वास्थ्य, आवास सहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिई राखेका छन् । उक्त अवसरमा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्य बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार