free website hit counter

नियुक्त भएको चार महिना नपुग्दै युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईको राजीनामा

beemaadmin
२०८३ श्रावण १९, मंगलवार

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले नियुक्त भएको चार महिना नपुग्दै पदबाट राजीनामा दिएका छन्।

भट्टराईले सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका हुन्। कम्पनी स्रोतका अनुसार सञ्चालक समितिले सोमबार बसेको बैठकबाट उनको राजीनामा स्वीकृत गरिसकेको छ।

Advertisement
Advertisement

स्रोतका अनुसार कम्पनीभित्र माथिल्लो तहबाट हुने अनावश्यक हस्तक्षेप र दबाबका कारण उनले पद छाड्ने निर्णय गरेका हुन्। यसअघि पनि कम्पनीका तत्कालीन सीईओ कमल गौतमले यस्तै कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।

Advertisement
Advertisement

युनाइटेड अजोड इन्स्योरेन्समा चौधरी ग्रुप (सीजी) को मुख्य लगानी रहेको छ।

भट्टराई गत वैशाख १० गते कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। नियुक्तिको चार महिना पनि पूरा नहुँदै उनले पदबाट बाहिरिने निर्णय गरेका हुन्।

निमित्त सीईओमा रेना रिजाल

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईको राजीनामा स्वीकृत भएको छ।

कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको ८६औँ बैठकले भट्टराईको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

भट्टराईले नियुक्त भएको चार महिना नपुग्दै पदबाट राजीनामा दिएका थिए। अब कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेल रेना रिजालले निमित्त सीईओका रूपमा कम्पनीको नेतृत्व सम्हाल्नेछिन्।

सम्बन्धित समाचार