काठमाडौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासभामा भाग लिन टर्की जानुअघि कार्यवाहकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरज शाहीलाई दिइएको छ । आइतबार आईजीपी थापासँगै एआईजी प्रधुम्न कार्की र एसपी सविन प्रधान टर्कीको इस्तानवुल प्रस्थान गरेका छन् । यसअघि कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई दिने तयारी गरिएको थियो । तर, वरिष्ठ एआईजीहरु हुँदाहुँदै कनिष्ठलाई जिम्मेवारी दिन खोजेपछि विवाद भएको थियो । विश्वराजलाई कार्यवाहकको जिम्मेवारी बुझाएर जान गृहमन्त्री बालकृष्ण खाणले आईजीपी क्षेत्रीलाई दवाव दिएका छन् । यसअघि कार्तिक २६ मा भारतको हैदरावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस)को दिक्षान्त समारोहमा जाँदा पनि आईजीपी क्षेत्रीले दुईजना बरिष्ठ एआईजी हुँदाहुँदै प्रधुम्न कार्कीलाई जिम्मेवारी दिएका थिए ।