free website hit counter

निर्जीवन बीमकले गरे १० महिनामा ३५ अर्बको व्यापार

beemaadmin
२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं । अर्थतन्त्र लयमा फर्किन नसकेका कारण सबैतिर मन्दिर देखिए पनि बैंक तथा वित्तीय क्षेत्रको प्रगति भने त्यति निराशाजनक छैन । चालु आर्थिकको १० महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ९ करोड बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २३ लाख ५८ हजार ५११ वटा बीमालेख जारी गरेर ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । चालु आवको १० महिनामा निर्जीवन बीमकले गरेको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ६।७६ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले २३ लाख ९३ हजार १८२७ वटा बीमालेख जारी गर्दै ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । चालु आवको १० महिनामा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्सले गरेको छ । वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा र ३.१० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले वैशाखसम्ममा ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल व्यवसाय गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४।०२ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । सिद्धार्थ प्रिमियरले १० महिनामा कम्पनीले ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ९.१८ प्रतिशतले वृद्धि हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अन्य बीमा कम्पनीहरूमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड रुपैयाँ सानिमा जीआइसीले २ अर्ब ९ करोड रुपैयाँ व्यवसाय आर्जन गरेका छन् ।
वैशाखसम्म ४ वटा बीमकको व्यवसाय घटेको छ । समीक्षा अवधिमा युनाइटेड अजोडको व्यवसाय ३.८४ प्रतिशतले घटेको छ । गत आवमा युनाइटेडले २ अर्ब १७ करोड ६१ लाख व्यवसाय गरेकोमा समीक्षा अवधिमा २ अर्ब ९ करोड २६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.१६ प्रतिशतले घटेको छ । गत आवको वैशाखसम्मममा एक अर्ब ३४ करोड रुपैयाँ व्यवसाय गरेको राष्ट्रिय बीमाले समीक्षा अवधिमा १ अर्ब १६ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ । प्रभु इन्स्योरेन्सको व्यवसाय ०.६५ प्रतिशतले घट्दा नेशनल इन्स्योरेन्सले १।४८ प्रतिशतले घटेको छ । प्रभु इन्स्योरेन्सले चालु आवको ११ महिनामा १ अर्ब ४३ करोड ४५ लाख व्यवसाय गरेको छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । नेशनल इन्स्योरेन्सले गत आवमा ९४ करोड ३९ लाख व्यवसाय गरेकोमा चालु आवमा ९२ करोड ९९ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार