काठमाडौं । बीमाको दायरा फराकिलो बन्दै गएको छ । झण्डै ४५ प्रतिशत जनसंख्या बीमाको दायराभित्र पुगेको छ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनाको निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको विवरण सार्वजनिक गरेको छ । यस अवधिमा निर्जीन बीमा कम्पनीहरुले झण्डै ४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन भएका छन् । यस अवधिमा सञ्चालनमा रहेका १४ निर्जीवन कम्पनीको दुई लाख १३ हजार ८०३ वटा बीमालेख बिक्रीबाट तीन अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ । यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ । यस इन्स्योरेन्सले ५५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको विवरण छ । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले सबै भन्दा कम बीमा शूल्क आजर्न गरेको छ । यस अवधिमा यस इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरले ४२ करोड ५० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३४ करोड ३७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३३ करोड ६८ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख र प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । त्यसैगरी, चार वटा निजीवन बीमा कम्पनीले २० करोड भन्दा थारै कुल बीमा शूल्क आर्जन गरेका छन् । जसमा ओरिएण्टल इन्स्योरेन्सले २० करोड ७२ लाख, नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख सानिमा जिआसीले १७ करोड ८८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।