free website hit counter

निर्धन उत्थान लघुवित्तको नाफा ६५ प्रतिशतले घट्यो

beemaadmin
२०७९ माघ २६, बिहीबार

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिसम्म १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्म तुलनामा ६५.८८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ४९ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ६५.९१ प्रतिशतले घटेर २३ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ७० करोड २० लाख रुपैयाँ भएको थियो। संस्थाको खुद ब्याज आम्दानी ९.०९ प्रतिशतले घटेर ९६ करोड ६८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा संस्थाले १८ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १७ अर्ब ५ करोड लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। चुक्तापुँजी २ अर्ब १९ करोड रुपैयाँ संस्थाले रिजर्भको २४।३९ प्रतिशतले बढाएर १ अर्ब ९८ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो। संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ८.३९ प्रतिशतमा झरेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल १५.१५ प्रतिशतमा सीमित थियो। संस्थाको प्रतिसेयर आम्दानी ९ईपीएस० घटेर ७.६८ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिसम्म ईपीएस २२.५१ रुपैयाँ थियो। पीई रेसियो ६६.२८ गुणा र प्रतिसेयर नेटवर्थ २१८.८३ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

हिमालयन एभरेष्टलाई फुट्सलको उपाधि

beemaadmin
२०८२ बैशाख १०, बुधबार

नेपाल लाइफले गर्यो भावी रणनीति तय

beemaadmin
२०८२ बैशाख १०, बुधबार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८२ बैशाख १०, बुधबार