free website hit counter

निर्माण उपकरणहरु खरिदमा ज्योतिको साथ

beemaadmin
२०७६ कार्तिक १९, मंगलवार

काठमाडौं । ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सरल कर्जा सम्झौता भएको छ । सम्झौता अन्तर्गत राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा राशी अटोमोबाइल्सको तर्फबाट राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरे । यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणहरु ग्राहकवर्गहरुलाई सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त कर्जा सेवाको लाभ लिन सकिनेछ।

निर्माण क्षेत्रमा न्यू होलण्डका निर्माण उपकरणहरुले गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली मन जित्न सफल भएको छ। सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार