free website hit counter

निर्वाचनको मुखैमा ट्रम्पमाथि के आइलाग्यो यो यौनकाे झ्याङ्लो

beemaadmin
२०७७ आश्विन ३, शनिबार

एजेन्सी । अमेरिकामा राष्ट्रपति पदको लागि निर्वाचन हुन २ हप्ता पनि बाँकी नरहेका बेला राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि यौन शोषणको झ्याङ्लो आइलागेको छ । यही समयमा अहिलेका अमेरिकी राष्ट्रपति तथा अर्को कार्यकालका लागि राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प यौनशोषणको आरोपमा फसेका हुन् । एमी डोरिस नामकी एक पूर्व मोडलले ट्रम्पमाथि यौन शोषणको आरोप लगाएकी छिन् । उनका अनुसार यो घटना २४ वर्ष पहिलेको हो जतिबेला उनी २४ वर्षकी थिइन् । एमी अहिले ४८ वर्षकी भएकी छिन् ।
एमीका अनुसार सन् १९९७ मा युएस ओपन टेनिस प्रतियोगिताको क्रममा ट्रम्पले उनको यौनशोषण गरेका थिए । ट्रम्पले त्यतिबेला आफ्नो रियलस्टेटको कारोबार गर्थे । एमीले द गार्डियनलाई दिएको अन्तरवार्तामा ट्रम्पले कसरी युएस ओपन स्ट्याण्डको आफ्नो भीआइभी बक्समा उनको यौनशोषण गरेका थिए भन्ने विस्तारमा बताएकी छिन् । एमी डोरिसले भनेकी छिन् ‘उनले मलाई जबरजस्ती चुमिरहेका थिए र निकै गलत तरिकाले छोइरहेका थिए । जब मैले उनलाई हटाउने कोसिस गरे उनले मलाई अझै बलियोसँग अँठ्याए ।’
एमीका अनुसार ट्रम्पले उनलाई यसरी अँठ्याएका थिए कि उनले चाहेर पनि आफूलाई छुटाउन सकिरहेकी थिइनन् । त्यतिबेला ट्रम्प ५१ वर्षका थिए र उनले मार्ला मेपल्ससँग दोस्रो बिहे गरेका थिए । एमी अहिले ४८ वर्षकी छिन् र जुम्ल्याहा सन्तानकी आमा हुन् । घटनाको बेला एमी २४ वर्षकी थिइन् । उता ट्रम्पका वकिलले भने यी सबै आरोपलाई अस्वीकार गर्दै एमी डोरिस र उनको अन्तरवार्ता लिने अखबार द गार्डियनमाथि नै कैयौं प्रश्न उठाएका छन् ।
ट्रम्पका वकिलले युएस ओपन जस्तो सार्वजनिक ठाउँमा ठूलो संख्यामा दर्शकहरु हुने भन्दै यदि त्यहाँ केही भएको भए अरुले पनि देख्नुपर्ने बताएका छन् । ट्रम्पका वकिलले त्यतिबेला एमी आफ्ना ब्वाइफ्रेण्डसँग आएको बताएका छन् । उनले उल्टै एमीमाथि प्रश्न उठाउँदै यदि युएस ओपनमा त्यस्तो केही भएको भए उनी त्यसपछि पनि ट्रम्पलाई भेट्न किन आइरहिन् भनेर सोधेका छन् । एमीले ५ सेप्टेम्बर १९९७ मा भएको भनिएको यो घटनाका विषयमा त्यतिबेला कुनै पनि उजुरी दर्ता गराएकी थिइनन् ।
एमीले भने त्यतिबेलै यो घटनाबारे आफ्नी आमा, एक साथी र एक थेरापिस्टलाई बताएको भनेकी छिन् । फ्लोरिडामा बस्ने एकीले २०१६ मा यो घटनाबारे सबैलाई बताउनेबारे सोचेको बताएकी छिन् । त्यतिबेला ट्रम्प राष्ट्रपति पदका लागि उम्मेदवार थिए । तर, एमीले आफ्नो परिवारलाई नोक्सानी हुन सक्ने डरले केही नबताएको भनेकी छिन् । एमीले अन्तरवार्तामा भनेकी छिन् ‘मेरा छोरीहरु १३ वर्षका हुन लागेका छन् र म उनीहरुलाई यो सन्देश दिन चाहन्छु कि कसैलाई पनि यस्तो गर्न दिनु हुँदैन जो उनहिरुको मर्जी विरुद्ध छ । म उनीहरुकी रोल मोडल हुँ र म चाहन्छु उनीहरु यो देखुन् कि जे मलाई स्वीकार छैन म त्यसको विरुद्ध उभिएँ, म चुप रहिन ।’

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार