free website hit counter

निषेधाज्ञा कडा भयो, के–के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

beemaadmin
२०७८ जेष्ठ १४, शुक्रबार

काठमाण्डौ । कोरोना संक्रमित र ज्यान गुमाउनेको ग्राफ खासै ओरालो नलागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञालाई थप कडाई गरेको छ । काठमाण्डौ उपत्यकामा आज बिहीबारबाट थप गरिएको एक साता निषेधाज्ञामा झन कडाइ गरिएको हो। थपिएको निषेधाज्ञा अवधिमा किराना पसल, डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय गरिएको छ। तरकारी, फलफूल, दूध, माछामासु जस्ता कुहिने र बिग्रिने सामान बिक्री हुने पसल खोल्ने समय पनि घटाइएको छ। बिहान १० बजेसम्म कायम गरिएको समयलाई घटाएर पुनः ९ बजे कायम गरिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको गत जेठ ११ गते बसेको बैठकले सार्वजनिक तथा निजी विकास निर्माणका सबैखालका गतिविधि बन्द गर्ने समेत निर्णय गरेको थियो। यसअन्तर्गत सार्वजनिक तथा निजी विकास निर्माणको काम, निर्माण सामग्री ओसारपोसारको काम बन्द हुनेछ।
यस्तै बैठकले मर्निङवाक र इभिनिङवाक गर्न पनि बन्देज लगाएको छ। कसैले यो बन्देजको बर्खिलाप हुने गरी काम गरेमा मोटो रकम जरीवानासहित जेल सजायसमेत गर्ने प्रजिअहरुबीच सहमति बनेको छ । थप गरेको निषेधाज्ञाको अवधि जेठ २० गते रातिसम्म कायम रहने जनाइएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार