free website hit counter

नेकपा विघटन हुनसक्ने प्रचण्डको चेतावनी

beemaadmin
२०७७ असार १३, शनिबार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको गुटबन्दी र भद्रगोलले आम नागरिकलाई मात्रै सताएको छैन । सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजित भएका छन् । अध्यक्ष प्रचण्डले अहिलेको भद्रगोलकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी गुटबन्दी र व्यक्तिवादमा चलेको बताउँदै पार्टी एकता गरेर गल्ती त भएको थिएन भन्ने सोचाइ आउन थालेको समेत बताएका छनु । प्रचण्डले दुई तिहाइको सरकार छ भनेर सरकारमा बस्नेहरूमा घमण्ड बढेकोसमेत बताए। सरकारको कामबाट जनता खुसी नभएको भन्दै प्रचण्डले पार्टीको काम पनि सही ढंगले अगाडि बढ्न नसकेको बताए। २०७५ जेठ २ गते प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमतिबाट पछि हटेर गल्ती भएको संकेतसमेत प्रचण्डले गरेका थिए।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार