free website hit counter

नेको इन्स्योरेन्सको बीमाशुल्क बढ्यो

beemaadmin
२०७७ जेष्ठ १, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेको इन्स्योरेन्सको खुद नाफा १ करोड ५ लाख रुपैयाँले घटेर २४ करोड १० लाख रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने ७ करोड १८ लाख रुपैयाँले बढेर ९२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ८५ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १८ करोड ७ लाख, लगानी कर्जा तथा अन्यबाट ६ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड १० लाख, बीमा कोषमा ७२ करोड ७९ लाख र महाविपत्ती कोषमा ६ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४० पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात १९.८८ गुणा रहेको छ । यस अवधिसम्ममा कम्पनीले २ लाख १ हजार ५३४ वटा बीमालेख जारी गरी एक अर्ब ६२ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, कम्पनीले ३ हजार ९६१ वटा दाबी बापत ५८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ७३३ वटा दाबी बापत ४८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार