free website hit counter

नेपाल लाइफको लाभांश ५१ प्रतिशत, ३१ प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद

beemaadmin
२०७७ पुष ७, मंगलवार

काठमाडौं । जीबन बीमा कम्पनीहरुको अग्रणी र देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ मा आर्जित मुनाफाबाट कूल ५१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले बीमा समितिबाट स्वीकृत पश्चात आगामी साधारणसभाबाट पास भएपछि ३१ प्रतिशत बोनस शेयर तथा २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको ३११औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको नयाँ लाभांश पारित भएसँगै चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ भने एक अर्ब नौ करोड ९२ लाख रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्नेछ । कम्पनीले कूल दुई अर्ब ८० करोड ३० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को पनि साधारणसभा गर्न बाँकी छ । बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा ढिलाई हुँदा साधारणसभा ढिला हुँदै आएको छ ।

सम्बन्धित समाचार