free website hit counter

नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बिक्री खुला

beemaadmin
२०८२ भाद्र २६, बिहीबार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज भदौ २७ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउँदैछ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँबराबरको ३४।७८३ प्रतिशतले हुन आउने रकमबराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १०ः ३.४७८३ (अर्थात् १० कित्ताबराबर नयाँ ३.४७८३ कित्ता) अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो । उक्त हकप्रदमा आवेदन नपरेको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । जसमा संस्थापक समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फको ४ हजार ४६८.७६ कित्ता गरी कुल १ लाख ९७ हजार ४२.७६ कित्ता रहेको छ । प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी असोज ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता माग गर्दै आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । सोभन्दा बढीका कित्ताका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको केन्द्रीय कार्यालय, लाजिम्पाटका साथै पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न सक्नेछन् भने सोही स्थानमा बोलपत्र आवेदन बुझाउन पनि सकिनेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार