free website hit counter

नेपाल इन्स्योरेन्सद्वारा लघु बीमासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

काठमाडौं । मसिंर २१ गते शनिवार नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा आयोजित लघु बीमा सम्बन्धी १ दिने देशव्यापी अभिमुखिकरण कार्यक्रम कन्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेरामा भव्यताका साथ सम्पन्न भयो । कार्यक्रममा कन्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरू, प्रहरी प्रशासन लगायत स्थानिय समाजसेवी, बुद्धिजिवीहरूको उपस्थित रहेको थियो । नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको बर्ग सम्म लघु बीमाको पहुच बिस्तार गरि न्यून आय भइ, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त बर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीबन तथा सम्पत्तिको सम्भाबित जोखिमबाट सुरक्षा प्रदान गरी गरिवी घटाउने र लघु बीमा बारे जन चेतना जगाउने मुख्य उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

लघुबीमाले गरिब निमुखा जनताका लागि काम गर्ने भएकोले सबैले यस प्रति गम्भिर हुनु पर्ने र बीमा गरेर आफ्नो व्यावसाय तथा स्वास्थ्यको संरक्षण गर्नु पर्ने तर्फ शनिबार सम्पन्न लघुबीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जोड दिईएको थियो । नेपाल बिमंक संघका श्रीकृष्ण न्योपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमदत्त नगरपालिका– ४ अध्यक्ष लक्ष्मीदत्त बोहरा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रहरी उपरिक्षक दिनेशकुमार आचार्य, नेपाल हेल्पटास ईलमका टेकबहादुर सिहं, पशुसेवा बिक्रि केन्द्रका देवदत्त भट्ट र समाजसेवी भवराज रेग्मी अतिथि रहेका थिए । बीमक संघका कल्पना निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन चन्द्रनाथ उप्रेती गरेका थिए । कार्यक्रममा सृजनशील सहकारी झलारीका कार्यकारी निर्देशक मदन राज भट्ट लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले लघुबीमा अति आवश्यक र अनिवार्य रहेको भन्दै आम नागरिकले यसबाट लाभ लिनुपर्ने र यसका बारेमा आफुले भीम दत्त नगरपालिकाको तर्फबाट १९ वडामा प्रचार गर्ने बताए । कार्यक्रममा लघुबीमाको परिचय, उद्देश्य, महत्व र प्रभावकारीता तथा नेपाल बीमक संघ, बीमा कम्पनी, बीमा समिति, पुल कम्पनी तथा स्थानीय निकायको भुमिका बारे उप्रेतीले सहजीकरण गरेका थिए । उप्रतीले आफुले अस्पतालमा उपचार खर्च नभएर छटपटाइरहेका परिवार तथा रकम अभावकै कारण मृत्युवरण गर्नु परेका बीरामीहरू समेत देखेको भन्दै यस्तो अवस्था आउन नदिन सबैले जनतामा जनचेतना फैलाएर लघुबीमा गर्न प्रेरित गर्नुपर्ने बताए । लघुबीमामा धेरै रकमको आवश्यकता नपर्ने भन्दै उनले यसको सेवा सुविधा जस्तो सुकै वर्गले पनि उठाउन सक्ने हुँदा सबैले उपभोग गर्न आह्वान गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार