free website hit counter

नेपाल इन्स्योरेन्सलाई सर्वश्रेष्ठ बनाउने घोषणा

beemaadmin
२०७६ आश्विन ९, बिहीबार

काठमाडौं । बुधबारबाट नेपाल इन्स्योरेन्स कम्पनी ७३ वर्षमा प्रवेश गरेको छ । ७३ औँ वर्ष प्रवेशको अवसरमा आयोजित विशेष कार्यक्रममा बोनुहुँदै प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेपाल इन्स्योरेन्स कम्पनी अब दुई बर्षभित्रमा सर्वश्रेष्ठ कम्पनी बनाउने घोषणा गर्नुभयो । नेपालको सबैभन्दा जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सलाई सबै क्षेत्रबाट सहयोग भइरहेको र अबको दुई वर्षमा नेपालको पहिलो कम्पनी बन्ने उहाँको दाबी थियो । नेपाल इन्स्योरेन्समा अब सरकारी क्षेत्रको सहयोग र निजी क्षेत्रको दक्षताले यो कम्पनीले केहि वर्षमा नै जेठोकोसाथै व्यापारमा पनि सर्वश्रेष्ठ हुने बाटो तयार भएका बताए ।

उक्त समारोहमा बोल्दै इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्माले जेठो कम्पनीलाई सर्वश्रेष्ठ बनाउने अभियानमा लागेको यस कम्पनीमा आवद्ध सबैजनाको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा कम्पनीका डिसिईओ विक्रान्त पाण्डेले ज्येष्ठताका साथ–साथै व्यवसायका रुपमा पनि श्रेष्ठ कम्पनीका रुपमा स्थापित गर्ने संकल्प कम्पनीले लिएको बताउनुभयो । सो कार्यक्रममा इन्स्योरेन्सले उत्कृष्ट कर्मचारी हेरबहादुर महर्जन, सावित्रि श्रेष्ठ र दिपक भुजेल पुरस्कृत गरेको थियो । शाखा प्रमुखहरुमा धनगढीबाट सागर बम, होटौडाबाट सन्तबहादुर गुरुङ र थानकोट संतुगलबाट अस्मिता श्रेष्ठ र काठमाडौं मुख्य कार्यालयबाट कमला कुवंरलाई पुरस्कृत गरिएको थियो ।

वार्षिका कार्यक्रम

  • प्रत्येक शाखामा द्विप प्रज्वलनसहित वार्षिकोत्सव मनाउने ।
  • प्रत्येक प्रदेशको उत्कृष्ट शाखा प्रमुखलाई पुरस्कृत गर्ने ।
  • ग्राहकको पु¥याएको सेवाको आधारमा उत्कष्ट सेवा केन्द्रलाई पुरस्कृत गर्ने ।
  • उत्कष्ट कर्मचारीलाई पुरस्कृत गर्ने ।
  • लामो समयसम्म सेवा दिएका कर्मचारीलाई पुरस्कृत गर्ने ।

 

सामाजिक कार्य

  • रक्तदान कार्यक्रम सञ्चालन गर्ने ।
  • वृक्षारोपण कार्यक्रम गर्ने ।
  • ट्राफिक प्रहरीसँग सहकार्य गर्दै दुर्घटना न्युनिकरणमा भूमिका खेल्ने ।
  • जेब्रा क्रसिङको सदुपयोग बारे जनचेतना अभियान सञ्चालन गर्ने ।
  • बीमासम्बन्धी जनचेतना कार्यक्रमहरु सञ्चालन गर्ने ।

 

खेलकुद

  • अन्तरबीमा बुद्धिचाल प्रतियोगिता, खेलकुद प्रतियोगिताहरु सञ्चालन गरी विजेतालाई पुरस्कृत गर्ने ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार