काठमाडौं । नेपालको अग्रणी निर्जिवन बीमक नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सभा भएको हो । सभाले आव २०८१–८२ को नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मति पारित गरेको छ । कम्पनीले देशभर ५४ शाखा–उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।