free website hit counter

नेपाल ओर्लियो २३ नेपालीको शव, यो पीडाले मुलुक सञ्चालकलाई कहिले छोला ?

beemaadmin
२०७७ असार ५, शुक्रबार

काठमाडौं । विमानस्थलमा दिनदिनै झर्ने लास र यसले परिवारलाई पारेको पीडा देश सञ्चालकले कहिले बुझ्लान् ? मुलुकमा गुजारा गर्ने मेसो नभएपछि घरखेत बन्दकी राखेर विदेशी भूमिमा भविष्य खोज्न जाने हजारौं युवा बाकसमा बन्द भएर फर्किनुपर्छ । यो पीडा आम नेपालीको हो त्यसमा राजनीतिक नेतृत्व पनि परेको थियो भने मुलुकमै रोजगारी सिर्जना गर्नुृपर्छ भन्ने चेत खुल्ने थियो । विदेशमा मृत्यु भएका २३ नेपालीको शव शुक्रबार काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन। त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

क–कसको शव नेपाल ल्याइयाे ?

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याइएको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याइएको बताइएको छ ।

कतारबाट
१. महमुद अलमान मुसलमान, कपिलवस्तु
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही

साउदीबाट
१.भैरब बहादुर बस्नेत

कुवेतबाट
१. सोनि तामाङ, नुवाकोट
२. मानव आले, सङ्खुवासभा

युएईबाट
१. पेम्बा नुर्बु शेर्पा, सोलु

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार