काठमाडौं । लकडाउनको बीचमा पनि ग्यासको हाहाकार अझै रोकिएको छैन । नेपाल ग्यासले बालाजु डिपोबाट अत्यावश्यक उपभोक्तालाई ग्यास वितरण गर्ने भएको छ । ग्यास नपाएर अभाव झेलिरहेका उपभोक्तालाई मध्यनजर गर्दै ग्यास वितरण गर्न लागिएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकामा नेपाल ग्यास नपाउने उपभोक्ता धेरै भएको भन्दै उनीहरुलाई सेवा दिन यस्तो व्यवस्था गरिएको हो । कम्पनीले हरेक दिन बिहान ९ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म बालाजु औद्योगिक क्षेत्रको गेटबाट ग्यास वितरण गर्ने जनाएको छ ।