free website hit counter

नेपाल फर्कन चाहनेलाई साउदी दूतावासले सहयोग गर्ने

beemaadmin
२०७६ माघ १९, आईतवार

रियाद । अवैध रुपमा साउदी अरवमा बसोबास गरिरहेका र नेपाल फर्किन चाहनेहरुलाई नेपाली दूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले भीसा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय पाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरुका लागि वहिर्गमनको व्यवस्था गरेको छ । साउदी सरकारले ल्याएको यो बहिर्गमन योजना अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फिर्कन आवश्यक पर्ने फारम र कागजातहरु राखी पत्रसहित सम्बन्धित श्रम कार्यलयमा जानका लागि नेपाली राजदूतावासले माघ १८ गते (१ फेब्रुअरी २०२०) बाट अल बातिनमा कर्मचारीहरु खटाई फारम र निवेदन संकलन गर्न थालेको छ । दिउँसोको १२ बजे देखि ४ बजे सम्म तोकिएको स्थानमा उपस्थित भई फारम भरेर बहिर्गमन व्यवस्थाको फाइदा लिई स्वदेश फर्किनुहुन दुतावासले अनुरोध गरेको छ । कुनै समस्या भएमा सम्पर्क दूतावासका सविन परियार (0593258235) लाई कल गर्न सकिने दुतावासले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार