free website hit counter

नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा

beemaadmin
२०७६ मंसिर १५, आईतवार

काठमाडौं । मर्जर र लाभांशसम्बन्धी एजेण्डा अनुमोदन गर्न नेपाल बंगलादेश बैंकले पच्चिसौं वार्षिक साधारण सभा बोलाएको छ । पुस ७ गतेका लागि बोलाइएको साधारणसभा राष्ट्रिय सभागृह काठमाण्डौंमा हुने बताइएको छ । साधारण सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४० करोड ४४ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर समेत गरी ७ प्रतिशतले हुन आउने ५६ करोड ६१ लख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव छलफलमा लैजाँदै छ।
हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ।
त्यसैगरी सभामा अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ति सहमति गर्न तथा सो सम्बन्धमा बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार