free website hit counter

नेपाल माइक्रो इन्स्योरेन्सले पायो नयाँ नेतृत्व

beemaadmin
२०८३ असार १३, शनिबार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) ले नयाँ अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नारदकुमार लुइँटेल नियुक्त भएका छन्। त्यस्तै, सञ्चालकमा दामोदर सत्याल, चार्टर्ड एकाउन्टेन्ट (सीए) अशोक प्रसाद साह र दीपककुमार मिश्र नियुक्त भएका छन्।

Advertisement
Advertisement

यसैगरी, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल गिरीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) को जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणले पाँचवटै माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरेपछि उत्पन्न विशेष परिस्थितिमा नियामकीय निर्देशनअनुसार रिक्त नेतृत्व पदहरूमा नियुक्ति सम्पन्न गर्ने नेपाल माइक्रो इन्स्योरेन्स पहिलो माइक्रो इन्स्योरेन्स कम्पनी बनेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार नयाँ नेतृत्वले सेवा विस्तार, सुशासन, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा संस्थागत विकासलाई प्राथमिकतामा राख्दै बीमित, सेयरधनी, कर्मचारी तथा अन्य सरोकारवालाको विश्वास थप मजबुत बनाउने लक्ष्य लिएको छ।

कम्पनीले नवनियुक्त अध्यक्ष, सञ्चालक तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वमा कम्पनीले थप प्रगति गर्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार