free website hit counter

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

beemaadmin
२०८३ भाद्र ४, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिपरिषद्मा डेपुटी गभर्नरका लागि रावलसहित डा. डिल्ली पोख्रेलको नाम सिफारिस गरेका थिए। तीमध्ये रावललाई डेपुटी गभर्नर नियुक्त गरिएको हो।

रावल यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनी बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारीमा समेत रहेका थिए।

अछामका रावलले विसं २०६२ माघमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए। राष्ट्र बैंकमा करिब दुई दशकको अनुभव हासिल गरेका उनले बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनका विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

रावलको कार्यकाल पाँच वर्षको हुनेछ। यसअघि किरण पण्डित डेपुटी गभर्नरको जिम्मेवारीमा थिए।

सम्बन्धित समाचार