free website hit counter

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर पुरस्कृत

beemaadmin
२०७६ भाद्र २५, बुधबार

काठमाडौं । नेपालमै धेरै शाखा सञ्जाल भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६ भव्यताका साथ सम्पन्न गरेको छ ।
भदौ २१ देखि २४ गतेसम्म सञ्चालित उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको कम्पनीले जनाएको छ । कार्यक्रममा विभिन्न प्रेरणादायी र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो । देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरिएको बताइएको छ । त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको एजेन्सी म्यानेजर अफ इयर अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मानपत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मानपत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मानपत्र हात पार्न सफल भएका थिए ।
त्यस्तै, एजेन्टतर्फको एजेन्ट अफ द इयर अवार्डका लागि नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित पहिलो स्थान, बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित दोस्रो स्थान, र बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित तेस्रो स्थान हासिल गरेका छन् ।
यसैगरी, वेष्ट पर्फमेन्स अफ द इयर अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र वेस्ट रिजनल म्यानेजर अफ द इयर अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेल सम्मानित भएका छन् ।
नेपालको जीवन बिमा बजारको एक तिहाई हिस्सा ओगटेको यस कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रमहरु गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार नेपाल लाइफले समय सापेक्ष छिटो–छरितो, सरल र सहज रुपमा सेवा प्रदान गर्नको लागि प्रविधि मैत्री बिमा कारोबार अघि बढाउने भएको छ।
बिमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड यस बीमा कम्पनीको चुक्तापूँजी रहेको छ भने लगानी ७२ अर्ब रुपैयाँ रहेको जनाइएको छ। त्यस्तै, कम्पनीको जीवन बिमा कोष ६७ अर्ब रुपैयाँ रहेको छ । स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढि व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार