free website hit counter

नेपाल लाइफको कामु सीईओमा अमित कुमार कयाल नियुक्त

beemaadmin
२०८३ श्रावण २, शनिबार

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाललाई दिएको छ।

कम्पनीको सञ्चालक समितिको ४१८औँ बैठकले साउन ४ गतेदेखि साउन २८ गतेसम्मका लागि कयाललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीका नियमित प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीको पद उक्त अवधिमा रिक्त रहने भएकाले २४ दिनका लागि कयाललाई जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।

बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम कम्पनीको दैनिक प्रशासनिक तथा आवश्यक व्यवस्थापकीय कार्य सञ्चालन गर्ने अधिकारसहित कयाललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार