काठमाडौं । जीवन बीमा व्यवासायको क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश २ का शाखा र उपशाखा प्रमुखहरुको सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख दिगविजय सिंघलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
कम्पनीले देशमा प्रथम स्थान हासिल गरेकोले यसलाई जोगाई राख्न लाग्नु पर्ने नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक सिंघलले बताए का थिए। कम्पनीलाई थप मजबुत बनाउन अझै सशक्त भएर लाग्न शाखा र उपशाखा प्रमुखहरूलाई उनले निर्देशन दिए ।
कार्यक्रममा कम्पनीका जनकपुर शाखाका प्रमुख संजय कामतको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक दिगविजय सिंघलको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुले आआफ्नो मन्तव्य राखेका थिए ।