free website hit counter

नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ आश्विन २, शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स सल्यान शाखाले बीमितका आश्रित परिवारलाई मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना जीवन बीमा वापतको मृत्यु दाबी रकम भुक्तानी गरेको हो। कपुरकोट गाउँपालिका ५ का २६ बर्षिय मृतक कमल खत्रीको श्रीमती अमृता खत्रीलाई मृत्यु दाबी वापतको रकम प्रदान गरको हो ।
कम्पनीले उक्त मृत्यु बीमा दावी वापतको २१ लाख ९५ हजार रुपैयाँको चेक रकम मृतकको श्रीमती अमृता खत्रीलाई हस्तान्तरण गरेको कम्पनीका शाखा प्रमुख बिनोद शर्माले बताए । मृतक खत्रीको पानीको मोटर चलाउदै गर्दा दाङमा करेन्ट लागेर मृत्यु भएको थियो । खत्रीले १० लाखको जिबन बीमा गराएका थिए। उनले कम्पनीमा २ किस्ता वापतको १ लाख २५ हजार ६ सय ३२ रुपैयाँ बुझाएका थिए।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार