free website hit counter

नेपाल लाइफले संकलन गर्यो ७ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क

beemaadmin
२०७६ माघ २८, मंगलवार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षका दोस्रो त्रैमाससम्ममा खुद नाफा भने ३५ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको सोही अवधिको नाफा भन्दा २५ प्रतिशतले बढी हो । नेपाल लाइफले बीमाशुल्कलाई ७८ प्रतिशतले बढाएको छ । नेपाल लाइफले अघिल्लो वर्षको पुससम्म ७ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा यो आकारलाई यो वर्ष १४ अर्ब ७ करोड रुपैयाँ पुर्याएको हो । यो बीमाशुल्क आर्जनसँगै नेपाल लाइफको हालसम्मको कुल बीमाशुल्क १ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । ५ अर्ब ४९ करोड चुक्तापुँजी भएको इन्स्योरेन्ससँग अहिले २ अर्ब ६१ करोडको जगेडा कोष, ७७ अर्ब ५९ करोडको जीवनबीमा कोष र ४७ करोडको महाविपत्ति कोष छ । इन्स्योरेन्सले ६ महिनामा करिब ४६ करोड ९१ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।
हालसम्म १२ लाख ५८ हजार बीमालेख बिक्री गरेको नेपाल लाइफले ६ महिनाको अवधिमा २१ हजार ३ सय ४७ जनालाई मात्रै ३ अर्ब १९ करोडको दाबी भुक्तानी गरको छ । उक्त इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई प्रतिहजार ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनस दिँदै आएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार