free website hit counter

नेपाल लाईफको बोनस ८२ रुपैयाँसम्म

beemaadmin
२०७७ पुष १०, शुक्रबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷०७६ को लागी नयाँ बोनसदर घोषणा गरेको छ । बीमा समितिबाट पुस ९ गते स्वीकृत भएको नयाँ बोनस दरअनुसार, बीमितिले प्रतिवर्ष प्रतिहजार न्यूनतम ६२ रुपैयाँ देखि अधिकतम् ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । सबैभन्दा कम पाँच वर्ष अवधीका बीमा पोलिसीमा ६२ रुपैयाँ बोनस दर तोकिएको छ ।

सबैभन्दा पोलिसी बिक्री भएको पाँच देखि १५ वर्षे बीमा पोलिसीमा ६५ रुपैयाँ बोनस दर बीमा समितिबाट स्वीकृत भएको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योती, रुलर इन्डोमेन्ट, बाल शिक्षा योजना, केटाकेटी, जीवन लक्ष्मी र जीवन सारथी बीमालेखमा ५ देखि १५ वर्ष अवधिको लागि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ, २६ वा सो भन्दा माथीको बीमा अवधिलाई ८२ रुपैयाँ बोनश दर बीमा समितिबाट स्वीकृत भएको छ ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अधिकांश जीवन बीमालेखहरुले ६५ रुपैयाँ बोनस पाउने भएका छन् । कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखहरु धन वर्षा १५ वर्ष, धन वर्षा २० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ती, छोराछोरी, सदाबहार जीवन बीमा योजना, सावधिक तथा आजीवन (जीवन साहारा) बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ६५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिको लागि ६५ रुपैयाँ प्रति वर्ष प्रति हजार बोनस दर तोकिएको छ ।

Advertisement
Advertisement

त्यस्तै, २१ देखि २५ वर्ष अवधि तर्फ ७२ रुपैयाँ प्रतिहजार र २६ वा सो भन्दा माथीको बीमालेखमा ८२ रुपैयाँ बोनस दर घोषणा गरेको छ । यस्तै, आग्रिम भुक्तानी (जीवन सम्बृद्धि) योजनामा १५ वर्षे ६२ रुपैयाँ २० वर्षे योजनाको लागि ६४ रुपैयाँ बोनस रहेको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार