free website hit counter

नेपालका ६१ वटा ठूला उद्योगहरुमा विद्युत आपूर्ति बन्द

beemaadmin
२०८१ असार ३१, सोमबार

काठमाडौं । ट्रंकलाइनको विवादित महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले पुनः उद्योगहरुका लाइन काट्न थालेपछि सम्वन्धित सबै बाँकी उद्योगीहरुले पनि आफै उद्योगको लाइन काटेर विरोध सुरु गरेका छन् । प्राधिकरणले टीओडी मिटरको डाटाबिना २०७२ माघ देखि २०७५ वैशाखसम्मको प्रिमियम महशुल तिर्न दबाब दिँदै पाँच वटा ठूला उद्योगमा लाइन काटेपछि उद्योगीहरुले पनि प्राधिकरणविरुद्ध रचनात्मक विरोध सुरु गरेका हुन् । पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै आएका उद्योगीहरुले उक्त आयोगको सिफारिस र मन्त्रिपरिषदको निर्णयविपरित प्राधिकरणले जबरजस्ती बिना आधार गैरकानुनीरुपमा रकम अशुल्न खोजेको भन्दै पाँच उद्योगहरुमा लाइन काट्ने निर्णय फिर्ता नभएकाले पूर्वघोषित कार्यक्रमअनुसार आज आइतबारबाट सबै बाँकी ५६ वटा पीडित उद्योगहरुले पनि आफै विद्युत कटौती गरेर विरोध सुरु गरेका हुन् । दैनिक पाँच सय मेगावाटभन्दा धेरै विद्युत खेर गइरहेको बेला ठूला उद्योगीहरुले समेत विजुली प्रयोग नगरिदिँदा प्राधिकरणलाई थप करोडौं रुपियाँ नोक्सान हुने भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार