free website hit counter

नेपालबाट अस्ट्रेलिया पुगेका नेपाली युवामा देखियो कोरोना संक्रमण

beemaadmin
२०७६ फाल्गुन २५, आईतवार

काठमाडौं । अहिले कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलिइसकेको छ । नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।

नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे ती युवालाईकोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए ।

उनको रोयल होवार्ट अस्पतालमा आईसोलेसनमा राखेर उपचार भईरहेको छ । यससँगै तास्मानिया २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । शुरुमा उनमा रुघा र ज्वरोको लक्षण देखिएको थियो । सामान्य रुघाखोकी भनेर नियमित काममा जुटेका उनी केहिदिनपछि स्वास्थ्य परीक्षण गर्दा कोरोनाको संक्रमण भएको पाइएको हो ।

चिकित्सकले उनलाई परीक्षणको नतिजा नआउन्जेल सेल्फ आईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अटेरगरि काम र कलेज जाने क्रम जारी राखेका थिए । शनिवार कारोना संक्रमण पुष्टि भएपछि उनले पढ्ने कलेज र काम गर्ने होटलमा पनि सरेको हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरुले अनुसन्धान शुरु गरेको एबीसीले जनाएको छ। उनीसँगै बस्ने चार जना र अन्य तीनजना साथीलाई १४ दिन क्वारेन्टिनमा राखिएको छ । यो घटनासंगै विदेशबाट आउनेलाई परीक्षण गरिने आधारहरु थप कडा बनाईने तास्मानिया सरकारले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार