free website hit counter

नेपालमा पुनर्बीमा कम्पनी थपिँदाका फाइदा र बेफाइदा

beemaadmin
२०७७ चैत्र २०, शुक्रबार
  • नुरराज कँडेल

सानो मुलुक, मुलुक अनुसारको अर्थतन्त्र भएको ठाउँमा एकै प्रकृतिका धेरै कम्पनि खोल्ने हो भने पक्कै पनि त्यो व्यवसाय सफल हुन सक्दैन । जीवन र निर्जिवन गरी ४० वटा बीमा कम्पनी सञ्चालनमा छन् भने थप बीमा कम्नपीको स्वीकृतिका लागि व्यवसायिक घरानाहरूले शक्ति केन्द्र धाइरहेका छन् भने थप पुनर्बीमा कम्पनीको लागि पनि बीमा समितिलाई चर्कै दबाव परिरहेको छ । एउटा पुनर्बीमा कम्पनी चलेको ठाउँमा फेरि चारवटा कम्पनी स्वीकृतिका लागि कानुनी प्रक्रिया र व्यवसायिक साझेदारको खोजीमा व्यस्त रहेका छन् ।

प्रथम बीमकको बढी जोखिम हस्तान्तरण गर्नेलाई पुनर्बीमा भनिन्छ । बीकको भन्दा बढी आर्थिक दायित्व पुनर्बीमकको हुन्छ । किनकि नेपालमा बीमकको आर्थिक क्षमता कम छ र पुनर्बीमाको सहयोग लिनैपर्छ । यस्तो स्थितिमा प्रथम बीमकले पुनर्बीमासँग सहकार्य गर्न जरुरी नै छ । पहिला नेपालका बीमकहरूले पुर्नीमाको सम्पूर्ण हिस्सा विदेशी पुनर्बीमा कम्पनीलाई सुम्पन्थे भने हाल नेपालमा पुनर्बीमा कम्पनीलाई पुनर्बीमाको २० प्रतिशत हिस्साको जोखिम हस्तान्तरण गरी बाँकी हिस्सा विदेशी पुनर्बीमा कम्पनीलाई जिम्मा लगाउँछन् र उक्त पुनर्बीमा गरे बापत तिरिने शुक्र पनि विदेश पलायन हुन्छ । यस्तो अवस्थामा नेपालमा नै थप पुनर्बीमा कम्पनी भएमा उक्त शुल्क देशमा नै थन्किन्छ । र, राज्यलाई कर वा विविध कारणले अर्थतन्त्रमा ठूलो सहयोग पु¥याउँछ ।

नेपाली पुनर्बीमाले विदेशबाट व्यापार लिन सक्छ ?
विश्वको इतिहार र प्रयोगमा पुनर्बीमाले अन्तरदेशीय भन्दा बहुदेशीय व्यापार गर्दा सफल भएको देखिन्छ । जुन देशमा स्थापित पुनर्बीमा कम्पनी छन् तिनीहरूले विदेशबाट पुनर्बीमाको व्यापार लिनु पर्दछ र मात्र पुनर्बीमा कम्पनी बाँच्न सक्दछ ।

पुनर्बीमाले अन्य देशसँग किन व्यापार गर्ने ?
बीमा व्यवसायको आर्थिक सन्तुलन कायम गर्न पुनर्बीमा र पुनर्बीमाको पनि बीमा गरिन्छ । जसको कारणले व्यवसायिक रुपमा बीमकहरू र राज्यको अर्थतन्त्र र व्यवसायिक रुपमा बीमकलाई पनि अर्थ सन्तुलन हुन्छ । तर ठूलो क्षति भएमा विदेशी पुनर्बीमकबाट पनि क्षतिपूर्ति हुने हुँदा कुनै पनि देशको अर्थतन्त्रमा खासै असर पर्दैन किनकि देशभित्रका बीमकले थोरै र विदेशी बीमकले धेरै पैसा तिर्ने हुँदा सजिल्लै दाबी भुक्तानी भई यस क्षेत्र सुरक्षित रहन्छ ।

नेपालमा थप पुनर्बीमकको आवश्यकता किन ?
मुद्रा पलायन रोक्न र विदेशी मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्र सबल बनाउन थप पुनर्बीमा कम्पनी खोलिनु राम्रो हो । यस व्यवासयले राज्यलाई विविध प्रकारशले शुल्क बुझाई अर्थतन्त्र सबल बनाउँछ । साथै पुनर्बीमकसँग सफल बीमा दलाल भएमा विदेशी पुनर्बीमाको व्यापार ल्याई व्यवसाय र मुलुक नै झन् बलियो बन्न सक्छ ।

सबै पुनर्बीमकलाई समानुपातिक रुपमा बीमाको व्यापार दिँदा के हुन्छ ?
हाल नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनी नेपाल रि छ र त्यसलाई प्रत्येक बीमकले गर्ने पुनर्बीमाको २० प्रतिशत हिस्सा व्यापार दिइन्छ अब थप चार पुनर्बीमा थपिए ५ हुन्छन् । त्यसैगरी २० प्रतिशत हिस्सा नयाँलाई दिँदा वा पुनर्बीमा गरिने हिस्साको सबै भाग दामासाहि रुपमा बाडिदिँदा नेपालमा नै खपत हुन्छ । विदेशी कम्पनीलाई जोखिम हस्तान्तरण गर्नै पर्दैन । सक्षम पुनर्बीमकले स्तरीय, सक्षम र बीमा दलालको सहयोगमा बीमालाई प्रमोशन गर्न सक्दछन् । यो फाइदाको पक्ष भयो । जोखिम पनि बहन भयो मुद्रा पलायन पनि रोकियो, राज्यलाई कर पनि जम्मा भई अर्थतन्त्रमा राम्रै टेवा पुग्दछ ।

बेफाइदा के त ?
संघीय राज्य र पुनर्बीमाको पद्दति उस्तै उस्तै हो । राज्यमा शक्तिको विकेन्द्रीकरण गरिन्छ भने पुनर्बीमा जोखिमको । तर राज्यको प्रणालीको व्यवस्थापन राज्यभित्रकै स्थानीय निकायसम्म पहुँच पुग्दछ भने पुनर्बीमामा देशभित्र र बाहिरसम्म जोखिम विकेन्द्रीकरण गरिन्छ । जसले आइपर्ने जोखिमको कम भागिदार प्रथम बीमक हुन्छ र अर्थतन्त्र सक्षम रहन्छ ।

आत्मघाती हुन सक्छ
नेपालमा धेरै संख्यामा पुनर्बीमक थपिएमा आत्मघाती सरह नहोला भन्न सकिँदैन । किनकि बीमायोग्य हितको जोखिमलाई देश बाहिर नै बढी बेच्नुपर्दछ । जसले गर्दा बीमित वा सम्पत्तिको ठूलो भवितव्य, प्राकृतिक रुपमा विनास भएमा बीमित वा सम्पत्तिको क्षतिपूर्ति गर्दा बढी रकम विदेशी बीमकबाट भई स्वदेशी कम्पनीलाई कम भार पर्दछ र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्दैन । यदि स्वदेशमा नै धेरै पुनर्बीमक भएमा बीमितको केही हिस्सा व्यापार उनीहरूलाई दिनुपर्दछ र पुनर्बीमाको धेरै हिस्सा देशभित्रै रहेर क्षतिपूर्ति पनि देशभित्रैबाट धेरै गर्नुपर्दा अर्थतन्त्र चौपट हुनसक्दछ र त्यसैलाई आत्मघाती भन्न खोजिएको हो । त्यसैले पुनर्बीमा वा बढी जोखिम विदेशमा गर्ने अभ्यास विकसित देशमा पाइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार