free website hit counter

नेपाली युवतीको सामूहिक बलात्कारपछि भारतमा हत्या

beemaadmin
२०७८ बैशाख १०, शुक्रबार

नयाँ दिल्ली । सामूहिक बलात्कारपछि भारतको गुजरातमा नेपाली युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । गुजरात राज्यको अहमदावाद शहरअन्तर्गत दानी लिम्दा, बेहरामपुर भन्ने ठाउँमा २३ वर्षीय प्रतिक्षा गिरी नाम गरेकी नेपाली युवतीलाई अपहरण गरेर हत्या गरेको पाइएको छ। सो स्थानमा बसोवास गर्ने भारतीय सेनाबाट सेवानिवृत्त भएका घनश्यामले डिसी नेपाललाई जानकारी दिएअनुसार हत्या गरिएकी युवतीलाई १९ अप्रिलको बिहान अपहरण गरी २४ घण्टासम्म बन्धक बनाएर राखिएको र बारम्बार बलात्कार पश्चात उनको हत्या गरिएको हो। यस हत्याकाण्डमा ३ जना युवा सामेल थिए जसमा राजु भनिएका युवा मुख्य आरोपी हुन्। तिनैजना आरोपी स्थानीय निवासी भएको बताइएको छ। दैलेख निवासी प्रतिक्षा गुजरातको अहमदावादमा करिब १ वर्षदेखि रोजगारीको सिलसिलामा बसोवास गर्दै आएकी थिइन्।

मजदुरी गर्दै आफ्नो परिवारको पालन पोषण गर्दै आएकी प्रतिक्षा गिरीका लागि १९ अप्रिल अन्तिम दिन भयो। १९ अप्रिलको बिहान घरदेखि मजदुरी गर्न निक्लिएकी उनी २० अप्रिलको बिहान राजु भन्ने युवाको घरमा मृत अवस्थामा भेटिएकी थिइन्। गुजरात क्राइम ब्रान्चले घटनामा संलग्न भएको अभियोगमा ३ जना स्थानीय युवालाई हिरसातमा लिएको नेपाली सांस्कृतिक परिषद अहमदावाद अध्यक्षले डिसी नेपाललाई जानकारी दिएका छन्। परिवारमा श्रीमानसहित २ बच्चा भएकी प्रतिक्षालाई अपहरण गरी उनलाई जबरजस्ती लागूऔषध दिएर तिनै जना युवाले बरम्बार बलात्कार गरेको खुलासा भएको छ।

यो घटनामा गुजरात सरकारले सक्रियता देखिएको छ। प्रवासी नेपाली महिलाको हत्या भएको जानकारी पाउन साथ गुजरातका गृहमन्त्री प्रदीप सिंह जाडेजाले उक्त केस गुजरात क्राइम ब्रान्चलाई हेर्न निर्देशन दिएको बताइएको छ । तीव्र गतिमा जाँच गर्दै क्राइम ब्रान्चले केही घण्टाभित्र नै तिनैजना आरोपीलाई आफ्नो नियन्त्रणमा लिएको छ। र, आरोपीले हत्या गरेकोे स्वीकार गरेका छन्। प्रतिक्षा गिरीका हत्यारालाई कडाभन्दा कडा सजाय दिनाका निम्ति उक्त स्थानमा रहेको नेपाली समाज र नेपाली संस्कृति परिषदले उक्त घटनाको पूर्ण विवरणसहित दिल्लीमा रहेको नेपाली दूतावासलाई पनि जानकारी दिएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार